आदिवासी जनजाती तिहार के हो?
तिहारको बारेमा बिभिन्न भ्रम छ । बास्त्वमा दशै लाई जस्तै तिहारलाई पनि हिन्दूकृत गरिएको कुरामा कुनै भ्रम राख्नु हुँदैन । जसरी हिन्दू हरुले भारत लगायत अन्य देशमा निधारमा टिका र जमरा लगाउदैनन । तिहारमा पनि भारत लगायत अन्य देशका हिन्दूहरुले मख्मली र सयपत्रिको माला गला भरी लगाउदैनन । तिहारको लागि भनेर फुल्बारी र बारीको डिल्भरी सयपत्री र मखमली फुलाउदैनन। र निधारभरी सात रङ्ग को टिका लगाउदैनन । बलिहाङ्ग आर्ये हरु को देवता भित्र पर्दैनन । यम र यमुना कपोल्कल्पित मिथक् जोडीय कोमात्र हो । यो तिहारको (बलिहाङ तङ्नाम ,ते-आङ्सी -वारो ( अवतारी ब्याक्ती ) को बारेमा मुन्धुम भन्छ -आजको दोवाङ ,नोछो ,वा फेदाङ्माले भबिस्यको जोखाना हेरे जस्तै त्यस बेलाका प्रतापि राजा बलिहाङ् सिद्ध नोछो ,फेदाङ्मा पनि थिए । उनको राज्य अती सम्पन्न थियो । आर्ये हरुले सधैं इर्स्या गर्थे । उनको उत्तरआधिकारी को तयारी भै सकेको थिएन । तर उनको अन्तिम अवस्था आइसकेको उनलाई ज्ञान हुन आयो ।
यो कुरोले उनलाई दिन्दिनै पिरोल्दै ल्यायो । बलिहाङ दिन दिनै वोइलिदै जान थाले । राज्यमा निरसता आउन थाल्यो । यो अवस्था देखी भाईभारदार हरुले राज सभा बोलाय र राजालाई आफ्नो मनोरोगको बारेमा बोल्न बाद्य पारे । राजा बलिहाङ्ले अन्तत आफ्नो अन्तिम अवस्था आएको कुरा बताय । अब यो खड्गो के गरी टल्छ भनी उनै लाई अनुनयका साथ सोधियो । उन्ले उपाय नभ्एको तर एउटा कठिन् उपाय हुन सक्छ कि भने -त्यो उपाय थियो नाकिमा चेलीले निनाम्मा हेन्खाम्मा कि चेली रोघोमा मार्फत खाकाचा (यमराज )सँग आफ्नो आफ्नो आयु फिर्ता लिन सके बाच्न सकिन्छ कि ? भर्खरै चैत्र भरी दसैं मनाएर सकिएको थियो । करिब् बैशाख बर्खा लाग्दो थियो । चेली हरु माइतमै थिए । नाकिमालाई अनुरोध गरियो उहाले माइतिको खातिर सप्तरङ्गी इन्द्रेनी रुपी भय्राङ हेन्खाम्मा देखी निनाम्मा सम्म लागाइन । रोघोमा यो इन्द्रेनीको बाटो हुँदै खाकाचा (यमराज )कोमा पुगेर आफ्नो माइतिको आयुको भिख मागिन तर खाकाचाले कुरै सुनेन । अन्तमा रोघोमाले एउटा सर्त मान्न अनुरोध गरिन । त्यो खाकाचाले स्वीकार गरे र सोधे के हो सर्त ? रोघोमाले भनिन- मेरो भाईलाई तपाईंले लानु अघी म पूजा गर्न पाउ । मैले पूजा गरेको फुलको माला र दलेको तेल सुके पछी मात्र मेरो भाई लाई तपाईंले लान पाउनु हुन्छ । यो कुरो खाकाचाले (यमराज ) ले स्वीकार गरेछन । तेस पछी चेली हरु जम्मा भएर यो कुरो सुनाएछन । तर नवोइलाउने फुल र नसुक्ने तेल के हुन सक्छ त ? बहुत चिन्तित भएछन । मिचिलिम्मा चेलीले जिम्मा लिएछिन । उन्ले आफ्नो मुन्धुमले आफ्नै नङ बाट मखमली र आसु बाट तोरीको सृस्टि गर्नु भएछ। बलिहाङको अन्तिम दिन भनिएको दिन तोरिको तेलमा दियो बाली तोरिकै तेल दली दिएर मखमली को माला र नाकिमा (इन्द्रेनी )रुपी सात रङको टिका निधारमा लगाइदिएर सबै चेली हरुले लामो आयुको कामना गरी भब्य आफ्नो भाईको पूजा गरेछन । त्यही राती राजा मर्ने पक्का पक्की थियो । भोली राजा मरेको खबर दुख्खका साथ सुन्न जनताहरु बिबस थिए भने सत्रुहरु लालायीत थिए । भोली बिहान भयो राजा जीबितै थिए । अचम्म भयो । खाकाचा (यमराज)का दुत हरु माला र तेल सुक्ने पर्खाइमा थिए । तर त्यो नसुक्ने कुरामा माइती चेली ढुक्क थिए । अनी सबै तिर राजा जिवित भयको खबर पुर्याउनु पर्ने भयो । तेस बखत कुनै संचारको साधन थिएन । तेसै बेला देखी ति हा हा ,फाइलो ,ते अङ्सी वारो भन्दै --बली राजाको हुकुमले गर्दा ---
घोरिङ्गखाको रातो मातो भएको ठाउको -
बैशाख महिना सकेकोले चिप्लो बाटो ---- याहामात्र होइन चारै दिसा घुम्नै पर्ने डुल्नै पर्ने - समचार पुर्याउन भैलो,देउसी को चलन चलेको हो । त्यस पछी प्रत्यक बर्ष चेलीले माइतीको पूजा गर्ने आयु माग्ने परम्परा बसेको हो । तर यो प्रचलन पनि बैशाखको अन्त तिर रहेकोमा दशै सारेर असोजमा ल्याय जस्तै कार्तिकमा सारीएको हो । गाई ,गोरु ,कुकुर ,काग पुज्ने आदिबासिको चलन थिएन । यी सबै आदिबासिको सस्कार सस्कृति मास्नको लागि हिन्दूकृत गरिएको बिरुपपन मात्रा हो । आजको दिन मा हामीले हाम्रो मुल सस्कार चिनेर छुट्ट्याएर अपनत्वो ग्रहन गर्नु पर्दछ । न कि उनिहरुले बिटुलो पारे भनेर मौलिकता नै छोड्दै जाउ ।
सगरमाथा टेलिभीजनका गणेश गुरुंग संग आदिबासि आवाजमा खम्बुको बिचार पनि राखिएकोछ, सुन्नुहोस ।
(लेखक :सम्बिधान सभाका सभासद तथा खम्बुवान मुक्ति मोर्चाका अध्यक्ष हुन)
![]() |
Rk. Khambu |