Searching...

Popular Posts

विश्व कृकेट लिग: नामिबियाले भन्यो नेपाली सङ्ग खेल्न गाह्रो ।

10:14 PM

विश्व क्रीकेट लिग च्याम्पियनसिपमा शनिबार र सोमबार नेपालसङ्ग दुई वटा एकदिबसियमा प्रतिस्पर्धा गर्न आएको नामिबियाले भन्यो नेपाली दर्शकसामु खेल्न गाह्रो छ । यो कुराको राम्रो जानकार रहेको नामिबियाका प्रशिक्षक डि ठाकुर तथा कप्तान स्टेफन बार्ड बताउछन । झण्डै १५ हजार दर्शक उपस्थित रहने अनुमान गरिएको खेल नामिबियाको लागि नेपालमा पहिलो खेल हो । नामिबियाका कप्तानले भने नेपालसङ्ग खेल्न कठिन हुने बताउछन । नेपाल यस्तो टोलि हो जो सजिलै हार मान्दैन । त्यसैले यी खेल रोमान्चक हुने अनुमान गरेको छु ।
नामिबियासङ्ग यश अघि क्यानाडामा सन २००१ मा हार र सन २००३ मा नामिबियामै भएको डिभिजन २ मा नेपालले ३ विकेटको विजय हात पारेको थियो ।

Share it